टि–२० विश्वकपको उपाधि इंग्ल्याण्ड लाई


२७ कार्तिक
आज सम्पन्न भएको टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ। आईतबार अष्ट्रेलियाको मेलवर्नमा भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंगल्याण्ड उपाधि उचाल्न सफल भएको हो।
पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो ।
इंग्ल्याण्डका लागि बेन स्टोक्सले ५२ रनको अर्धसतकीय पारि खेले । यस्तै मोइन अलिले १९ रन बनाए। कप्ताान बट्लरले ३ चौका र १ छक्का सहित २६ रन बनाए। यस्तै फिल साल्टले १० तथा ह्यारी ब्रकले २० रन बनाए।

पाकिस्तानका ह्यारिस रउफले २ तथा शादव खान, मोहम्मद वासिम र शाहिन शाह अफ्रिदीले १–१ विकेट लिए।
त्यसअघि पाकिस्तानले इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य दिएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पाकिस्तानले १३७ रन मात्रै जोड्न सकेको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाउँदा कप्तान बाबर आजमले ३२, शादब खानले २० तथा मोहम्मद रिजवानले १५ रन बनाए।
बलिङतर्फ इङ्ग्ल्याण्डका साम करनले सर्वाधिक ३ विकेट लिँदा आदिल रशिद र क्रिस जोर्डनले समान २ तथा बेन स्टोक्सले १ विकेट लिए।
इंग्ल्यान्डले दोस्रो पटक टी.ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो । इंग्ल्यान्डले यसअघि सन् २०१० मा टी.ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको थियो।