कान्छा मेचि महाकाली साईकल यात्रि रमित लाई डडेल्धुरामा स्वागत

१९ कार्तिक

कार्तिक १६ गते बेलौरी बाट सुरु भएको “सुदुरपश्चिम देवभुमी बेलौरी बैतडी धार्मिक पर्यटन साईकल यात्रा” सुरु गरेका साईकल यात्रीहरु रमित तथा रमितका बुवा दिपक भट्ट लाई डडेल्धुरामा स्वागत गरिएको छ ।

“स्वर्धम र सस्कृतिको रक्षा गरौँ , साईक्लिंग गरौँ, स्वस्थ्य रहौँ र कुलत दुव्र्यसन निर्मुल गरौँ” भन्ने मुल नाराका साथ आन्तरिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागी साईकल यात्रामा निस्किएका साईकल यात्रीहरु लाई डडेल्धुरा सदरमुकाममा फारवेस्र्टन साईकल राईडर्सका सदश्य एबं डडेल्धुराका साईकलयात्रीद्धय प्रकाश जोशी र टि.आर.भट्ट ले स्वागत गरेका हुन ।

सुदुरपश्मिका पर्यटकिय गन्तव्यहरु लाई साईकलको माध्यमले प्रचारप्रसार गर्ने मनसाय ले यो साईकल यात्रा गर्न प्रेरित गरेको साईकल यात्री दिपक ले बताए । अहिले सम्मको मेचि महाकाली साईकल यात्रा गर्ने सबै भन्दा कान्छा साईकल यात्री रमित तथा उनका वुवा लाई डडेल्धुुरामा स्वागत गर्दै डडेल्धुराका साईकल यात्रीहरुले डडेल्धुरा स्थित एतिहासिक अमरगढी किल्ला तथा प्रसिद्ध उग्रतारा मन्दिर घुमाएका थिए ।

You might also like