अमरगढीमा भलिवल प्रतियोगिता हुदै

८ कार्तिक
दशै तिहार तथा छठको अवसरमा अमरगढी नगरपालिका वडा नं.१ मालममा भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ ।
स्थानिय बसन्तपुर युवा कल्व मालमको आयोजनामा यहि कार्तिक १२ गते देखी भलिवल प्रतियोगिता हुन लागेको हो । अमरगढी १ मालम मा हुने भलिवल प्रतियोगितामा अमरगढी नगरपालिका को ११ वटा टिम सहभागी हुनेछन् ।

प्रथम पुरस्कार नगद रु २००००। द्धितिय पुरस्कार रु १२०००। र तृतिय पुरस्कार रु७०००। रहेको उक्त प्रतियोगितामा टिम दर्ता शुल्क रु २०००। तोकिएको छै साथ पुरस्कार राशीमा कुनै कर नलाग्ने आयोजक ले बताएको छ । प्रतियोगितामा खेलाडी हरु अनिवार्य रुपमा सम्बन्धित वडाको हुनुपर्ने तथा खेलाडीहरुले अनिवार्य रुपमा ड्रेस लगाउनु पर्ने नियम बनाईएको छ ।

नकआउटका आधारमा खेलाईने प्रतियोगितामा सहभागी हुनका लागी बसन्तपुर युवा क्लवले अमरगढी नगरपालिकाका सम्पूर्ण वडाहरु लाई अनुरोध गरेको छ।

You might also like