![](https://jhilkonews.com/wp-content/uploads/2022/10/ssss-1.jpg)
३ कार्तिक
गन्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियागितामा सुदुरपश्चिम को तर्फ बाट उशु खेलमा सहभागी डडेल्धुराका दुई जनाले पदक हात पारेका छन । डडेल्धुरा वाट उशु खेलका लागी प्रतिस्पर्धी सिर्जना रखाल मगर र अस्मिता गाहा मगर ले क्रमसः रजत र काश्य पदक हात पारेका हुन ।
आलिताल गाँउपालिका वडा नं.८ का खेलाडी अस्मिता गाहा मगर ले हिजो भएको खेलमा ४८ केजी समुहमा नेपाली सेनाको खेलाडी संग पराजित भई काश्य पदक हात पारेकी हुन भने सिर्जना रखाल मगरले आज विहान भएको फाईनल खेलमा ६० केजी समुहमा सशस्त्र प्रहरीका खेलाडी संग पराजित भई रजत पदक हात पारेकी हुन ।
सुदुरपश्चिमको तर्फ बाट उशु खेलमा जम्मा ३१ खेलाडी सहभागी भएकोमा डडेल्धुरा बाट जम्मा ५ जना खेलाडीहरु प्रतिस्पर्धामा रहेका थिए। उशुमा सुदुरपश्चिमले जम्मा ४ वटा रजत र ८ वटा काश्य पदक जितेको छ ।
डडेल्धुरा बाट उशु खेलका लागी सुदुरपश्चिम टिममा सहभागी नविन गाहामगरलाई यसपालीको राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदकको दावेदार मानिएको भए पनि गाहा मगर घाईते भए पछी यो पटक लाई सुदुरपश्चिमको उशु टिमले रजत र काश्यमा चित्त बुभाउनु परेको छ ।