१ कार्तिक
असोज २९ गते देखी डडेल्धुरामा जारी दिजगंगा मेमोरियल जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा आलिताल गाउँपालिका र परशुराम नगरपालिकाबीच फाईनलका लागी भिडन्त हुने भएको छ । आज भएका सेमिफाइनलमा जित निकाल्दै आलिताल र परशुराम फाइनलमा पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा परशुराम नगरपालिकाले भागेश्वर गाउँपालिकालाई ७ विकेटले पराजित गरेको थियो । टस जितेर पहिले व्याटिङ गरेको भागेश्वरले १५ ओभरमा १०२ रन बनायो । जवाफी व्याटिङ गरेको परशुरामले १३ दशमलव २ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो ।
आजै भएको दोस्रो सेमिफाइनलमा प्रतियोगितामा अपराजित रहेको आलिताल गाउँपालिकाले अजयमेरु गाउँपालिकालाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो । टस जितेर व्याटिङ रोजेको आलिताल गाउँपालिकाले निर्धारित १५ ओरभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो । जवाफी व्याटिङ थालेको अजयमेरु १४ दशमलव ५ ओभरमा ७३ रनमा समेटियो ।
फाइनल खेल भोलि अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा बिहान ९ बजे देखी हुने आयोजक डडेल्धुरा जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ ।
यसका साथै यहि खेलका आधारमा प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगिताको लागी प्रदेश स्तरिय क्रिकेट छनौटका लागी जिल्ला स्तरीय टिमको छनौट हुनेछ ।