१ कार्तिक
गण्डकी प्रदेशको पोखारमा जारि नवौँ राष्ट्रिय प्रतियोगिताको तेक्वान्डो खेलमा डडेल्धुराकी झरना नाथ रजत पदक जित्न सफल भएकी छिन । म्याग्दीको सदरमुकाा बेनीमा समपन्न तेक्वान्दो खेलमा डडेल्धुरा को परशुराम नगपालिका वडा नं.५ की झरना नाथ ले ४६ केजी तौल समुहमा रजत पदक जितेकी हुन ।
परशुराम नगरपालिका वडा नं.५ परिगाँउको सामान्य परिवारमा जन्मिएर हाल परिगाँउ स्थित भुवनेश्वरि माध्यामिक विद्यालय मा अध्ययन गरिरहेकी झरनाले तेक्वान्डो खेल खेल्न सुरु गरेको ४ बर्षमै राष्ट्रिय खेलमा पदक जित्न सफल भएकी हुन ।
२०७५ साल बाट खेल सुरु गरेको झरना अत्यन्तै मेहेनती र अनुसाशित खेलाडी भएको भन्दै २०७५ साल देखी हाल सम्म झरना लाई प्रशिक्षण दिईरहेको र हाल उनले पाएको सफलताले आफुलाई गौरवान्वित बनाएको डडेल्धुराका तेक्वान्दो प्रशिक्षक राजेन्द्र मडैले बताए ।
परशुराम नगरपालिकाका मार्सलआर्ट प्रशिक्षक एबं झरनाका मुख्य गुरु राम बहादुर बोहराका अनुसार झरनाले यो भन्दा पहिले पनि विभिन्न प्रतियोगितामा सहभागीता जनाईसकेको र केही थप मेहेनत गर्न सक्यो भने आगामी साफ गेममा नेपालका लागी तेक्वान्डोमा पदक लिन सक्ने सम्भावना रहेको बताए ।
नर्वाै राष्ट्रिय खेलमा सुदुरपश्चिम प्रदेशको टिममा डडेल्धुरा बाट १३ जना सहभागी भएका मध्ये हाल सम्म झरना नाथले मात्र पदक जित्न सफल भएका छन् भने उसुका केही खेल बाकि रहेको र उसुका लागी डडेल्धुरा वाट प्रतिनिधित्व गरेका खेलाडीहरुले पदक जित्ने आशा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बर बहादुर थापाले पोखरा वाट बताउनु भयो ।