३० असोज
डडेल्धुरामा हिजो देखी सुरुभएको दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका तिन खेलमा अमरगढी, परशुराम र आलिताल विजयी भएका छन्। प्रतियोगितामा आलिताल गाउँपालिकाले लगातार दोस्रो जित निकालेको हो भने परशुराम र अमरगढीले पहिलो जित निकालेका हुन्।
आज भएको पहिलो खेलमा अमरगढी नगरपालिकाले गन्यापधुरा गाउँपालिकालाई ७ विकेटले पराजित गरेको छ। टस जितेर पहिलो व्याटिङ गरेको गन्यापधुरा गाउँपालिका ११ ओभरमा ३६ रनमा बनायो। ३७ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको अमरगढीले ३ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो।
आजै भएको दोस्रो खेलमा आलिताल गाउँपालिकाले भागेश्वर गाउँपालिकालाई १० विकेटले पराजित गरेको छ। टस जितेर व्याटिङ रोजेको भागेश्वरले १० ओभरमा सबै विकेट गुमाउँदै ६८ रन बनायो। जवाफी व्याटिङ थालेको आलितालले ८ दशमलव ५ ओभरमा बिना विकेटको क्षति लक्ष्य भेट्टायो।
आज भएको तेस्रो खेलमा परशुराम नगरपालिकाले अजयमेरु गाउँपालिकालाई ६ विकेटले पराजित गरेको छ। टस जितेर व्याटिङ रोजेको अजयमेरुले १२ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनायो। ५२ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको परशुरामले ८ दशमलव ४ ओभरमा लक्ष्य भेट्टायो।
प्रतियोगिता अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा सञ्चालन भइरहेको छ। डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहका टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ।
प्रत्येक खेलका उत्कृष्ठ खेलाडी लाई नगद रु १००५ र ट्रफि प्रदान गरिएको छ । उक्त प्रतियोगिता लाई एम बि ग्रुपले प्रायोजन गरेको छ भने खेल मैदान मा भायानेट कम्युनिकेसनले निशुल्क ईनटरनेटको सुविधा प्रदान गरेकोछ । प्रतियोगिता कार्तिक २ गते सम्म संञ्चालन गरिनेछ ।