२५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम

१२ असोज
नेपाल पौडी संघको आयोजनामा २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४
स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३८ पदक प्राप्त गरी नेपाल प्रहरीको टिमले प्रथम
स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य,
सुविज्ञ मान तुलाधरले ५ स्वर्ण र १ रजत, युवान लाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिल
कुमार थापा मगरले ३ रजत र १ कास्य, रेवान्त बहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३
स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समिरा सोभा थापा मगरले २ रजत र २ कास्य,
सारसी खड्काले १ रजत र ३ कास्य, आर्य महर्जनले २ स्वर्ण तथा गौरव लामा, सुविज्ञ मान
तुलाधर, युवान लाल श्रेष्ठ र सनिल कुमार थापा मगरले फ्रि स्टाईल रिलेमा १ स्वर्ण पदक
प्राप्त गरेका थिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को तयारी स्वरूप नेपाल पौडी संघको
आयोजनामा असोज ५ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।

You might also like