भागेश्वर कपल्लेकी जात: बृतचित्र सार्वजनिक

१० असोज
सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा लागिपरेको फारवेस्टर्न राईडरले विजयादशमीको पहिलो दिन अर्थात घटस्थापनाको शुभ साईतमा आफनो अर्काे भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ । केही समय पहिले मात्र यस क्षेत्रकै चर्चित पर्यटकिय गन्तव्य बडिमालिकाको धार्मिक यात्रा लाई समेटेर बृतचित्र प्रस्तुत गरेको फारवेस्टर्न राईडरले आफनो अर्काे प्रस्तुती भागेश्वर कपल्लेकी जातको सेरोफेरो नामको अर्काे बृतचित्र सार्वजनिक गरेको हो । विशेष गरी डाटी जिल्लाको शिखर क्षेत्रमा चर्चित रहेको भागेश्वर कपल्लेकी जात (मेला)का विभिन्न दृश्यहरु समेटेर यो बृतचित्र तयार गरिएको फारवेस्टर्न राईडरका भरत विक्रम शाहले बताए । पर्यटन प्रवद्र्धनका लागी यस क्षेत्रको धार्मिक, सांस्कृतिक, शाहसिक पर्यटनका विभिन्न बृतचित्र निरन्तर प्रस्तुत गर्ने जानकारी पनि शाहले दिनु भयो ।

बृतचित्र हेर्नको लागी तल क्लिक गर्नुहोला ।

You might also like
Leave A Reply

Your email address will not be published.