डडेल्धुराको विवादित चौथो स्ववियु कप भलिवल निर्धारित रुपमै संञ्चालन हुने

५ असोज

केहि समय पहिले देखी विवादमा तानिएको डडेल्धुराको चौथो स्ववियु कप भलिवल प्रतियोगिता निर्धारित रुपमै संञ्चालन हुनेभएको छ । हिजो असोज ४ गते डडेल्धुरा बहुमुखी क्याम्पस स्ववियु समिति र संयुक्त विद्यार्थि संघ संगठनका बिच चौथो स्ववियुकप खुला पुरुष भलिवल प्रतियोगिता संञ्चालनका बिषयमा छलफल भए पश्चात निर्धारित रुपमा प्रतियोगिता संञ्चालन हुने बाटो खुलेकोहो ।

डडेल्धुरा बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थि युनियन र अन्य ५ विद्यार्थि संगठनका प्रतिनिधिको उपस्थितीमा बैठक बसि विभिन्न ५ बुदामा हस्ताक्षर गरि प्रतियोगिता संञ्चालन गर्ने निर्णय भएको हो । ५ विद्यार्थि संघसंगठन तथा स्ववियुको तर्फ बाट हस्ताक्षर भएको संयुक्त वक्तव्यमा संयुक्त विद्यार्थि संगठनको समान प्रतिनिधित्व हुने गरी कार्यक्रममा समन्वय तथा संञ्चालन गर्नुपर्ने, संयुक्त विद्यार्थिको प्रतिनिधित्व हुने गरि अनुगमन समिति गठन गर्नुपर्ने र खेल पारदर्सिता साथ सम्पन्न गर्नुपर्ने साथै अनुगमन समितिको अन्तिम प्रतिवेदन पश्चात मात्र बजेट निकासा प्रकृया अगाडी बढाउनु पर्ने उल्लेख गरिएको छ ।

यस्तै वक्तव्यमा स्ववियले विगतमा गरेको विविध कमजोरीको लागी क्षमायाचना सहित प्रेस विज्ञप्ती निकाल्नुपर्ने , अव उप्रान्त स्ववियुले कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगर्ने तथा प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लाई निमन्त्रणा गर्ने उल्लेख गरिएको छ । यसका साथै आगामी दिनमा सौहाद्र्धपूर्ण वातावरणमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

चौथो स्ववियुकप पुरुष खुला भलिवल प्रतियोगिता यहि असोज ६ गते देखी ९ गते सम्म डडेल्धुरामा संञ्चालन हुन लागिरहेको छ उक्त प्रतियोगितामा प्रथम पुरुस्कार १५१०००। द्धितिय पुरुस्कार ७५०००। र तृतिय पुरुस्कार ४००००। तथा प्रमाणपत्र र ट्रफिहरु राखिएको छ । उक्त अवधिमा महिला भलिवल, कवड्डि खेल लगायतका कार्यक्रमहरु पनि राखिएको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापती जगत बहादुर ऐर ले बताए ।

You might also like