२३ भदौ , डडेल्धुरा
एक वालिका लाई जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् ।लामिछानेले कानुनी उपचारका लागि सहयोग गरिदिन क्यानलाई आग्रह गरेका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीप विरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।
प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए । यस्तै सन्दीप सीपीएलको खेल खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।