१६ भदौ,डडेल्धुरा
“खेल सँंगै कला र संस्कृतीको जर्गेना, पर्यटन पुर्वाधारमा हाम्रो जोड” भन्ने मुल नाराका साथ कार्यक्रम सुरु भएको भलिवल कार्यक्रम हिजो सम्पन्न भएको छ।। भागेश्वर गाँउपालिका केन्द्र बगरकोटको सरस्वती मा.वि.मा समपन्न भएको उक्त भलिवल पतियोगितामा १२ टिमको सहचागीता रहेको थियो ।
भदौ १४ गते उद्घाटन भएको भविल प्रतियोगितामा नेविसंघ (विपि) लाई फाईनल खेलमा पराजित गर्दै प्रतियोगिताको विजेता आयोजक खबरदारी न्युज साप्ताहिक भएको थियो भने उप बिजेता नेविसंघ (विपि) र तेस्रो स्थानमा नेपाल आर्मि दह व्यारेकले हात पारेको थियो ।
खबरदारी न्युज साप्ताहिकको आयोजना तथा डडेल्धुरा युवा मञ्चको प्रर्बद्धनमा कार्यक्रमको आयोजना भएकोकार्यक्रममा डडेल्धुराका सातै पालिकाका पर्यटकिय क्षेत्रको व्यानर समेत प्रर्दशनी गरिएको थियो ।
कार्यक्रमको औपचारिक उद्धघाटना प्रमुख अथिति जिल्ला समन्व्य समितिका प्रमुख गगन सिंह भणडारि थिए भने विशिष्ट अथितीमा भागेश्वर गाँउपालिका अध्यक्ष हेमराज चटौत ,अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश भट्ट (विकास) ।हृकाृ थिए भने उक्त उद्घाटन कार्यक्रमको सभापतित्व खबरदारी न्युजका सम्पादक दिपक राज भट्टले गरेका थिए ।
कार्यक्रममा सुरक्षा निकाय , सामुदायिक वनका अध्यक्षहरु, पालिकाका कर्मचारि वडा अध्यक्षहरु ,पत्रकार, कर्मचारी,खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला र पुरुष तर्फको म्युजिकल चेयर पनि त्यस्तै सामाजिक बिकास कार्यालय डडेल्धुराको मुख्य प्रायोजनमा महिला र पुरुष डेउडा सम्पन्न भएको कुरा आयोजक टिमका सदश्य सुर्दशन ओझाले बताए
।
१५ गते कार्यक्रमको औपचारिक समापन कार्यक्रम रहेको थियो समारोहमा भागेश्वर गाँउपालिका वडा नं.४ का अध्यक्ष बसन्तराज चटौत प्रमुख अथिती थिए । प्रथम हुनेले नगद रु ३०,००३ सिल्ड र मेडल द्धितीय हुनेले रु १५०१५, सिल्ड र मेडल त्यस्तै तृतीय नगद रु ७७७७ सहित सिल्ड र प्रमाणपत्र रहेको थियो ।
कार्यक्रममा स्थानीय देखि राष्ट्यि स्तरका खेलाडीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ डेउडिया सालिभान पालको र महिला तर्फ को डेउडामा रमा टेरको नेतृत्वमा डेउडा प्रतियोगिता सम्पन्न गरिएको थियो ।
कार्यक्रकमा डेउडिया पाल लाई सम्मान गरिएको थियो । डेउडा कार्यक्रमको मुख्य प्रयोजक सामाजिक विकास कार्यालय डडेल्धुरा रहेको थियो ।