दार्चुलामा दाउरा ल्याउन गएका वृद्धको भिरबाट लडेर मृत्यु

दार्चुला-  दार्चुलामा दाउरा ल्याउन गएका वृद्धको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–५ अम्कुरका ८६ वर्षीय गगनसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको हो। शनिबार साँझ दाउरा ल्याउन गएका बोहरा बाँजाधार भिरबाट लडेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको लेकम गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष बल्देवसिंह बोहराले बताएका छन्। बोहरा भिरबाट १ सय ५० मिटर तल खसेका थिए।

You might also like