कैलालीमा जनावर मार्न तार बिछ्याएको आरोपमा चार जना पक्राउ

धनगढी-  कैलालीमा जंगली जनावर मार्न तार बिछ्याएको आरोपमा चार जना पक्राउ परेका छन्। गत भदौमा गौरीगंगा नगरपालिका–१ को मौवारी सामुदायिक वनमा जनावर मार्न बिछ्याइएको नाङ्गो तारमा परेर सोही स्थानका २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए।

सो घटनामा गौरीगंगा–३ का ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए। उनीहरूविरूद्व ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बोहराले बताए। घाइते भएका आदित्य भने उपचारपछि घर फर्किसकेका छन्।

 

You might also like