धनगढीको एक होटेलमा आगलागी

धनगढी-  धनगढीको एक होटेलमा आगलागी भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१३ मोहनपुरमा हर्क कप्टयालले संचालन गरेको मालिका होटेल एण्ड डिडि स्टोर (किराना सामान)मा विद्युतको तार सर्ट भई आगलागी भएको हो ।

आगलागी हुँदा होटेल र पसल भित्र रहेका किराना लगायतका सामान गरी अन्दाजी ३० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

You might also like