बैतडीमा निसासिएर एक विद्यार्थीको मृत्यु

बैतडी- बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको निसासिएर मृत्यु भएको छ । सुर्नया गाउँपालिका–५ धुलिधारगाउँका प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ वर्षीय अपिल विष्टको मृत्यु भएको पाटन नगरपालिका–९ का वडाध्यक्ष कालुसिंह भाटले बताए ।

डेरामा बस्दै आएका विष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए । एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइलासमेत लगेर गएकाले उनको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

कोठाको ढोका फोरेर विष्टलाई अचेत अवस्थामा फेला पारिएको थियो । तत्काल उपचारका लागि डडेल्धुरा अस्पातल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको वडाध्यक्ष भाटले बताए ।

You might also like