कञ्चनपुर– कञ्चनपुरमा बाघले आक्रमण गर्दा एक जना घाईते भएका छन । जिल्लाको दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँदमाथि बाघले आक्रमण गरेको हो ।
सोमबार बिहान गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।
बाघको आक्रमणबाट घाइते भएका साउँदको चिउडो र हातमा गम्भिर घाउ भएको छ । घाइते साउँदको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको प्रहरी बताएको छ ।