डडेल्धुराबाट चरेशसहित तरकारी पसल सञ्चालक पक्राउ

डडेल्धुरा- डडेल्धुराबाट चरेशसहित वृद्ध पक्राउ परेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले आलिताल गाउँपालिका – १ मेलखर्कबाट स्थानीय ६३ वर्षीय अम्बर बहादुर बोहरालाई पक्राउ गरेको हो ।

बोहराले सञ्चालन गरेको तरकारी पसलमा लुकाई राखेको अवस्थामा ११८ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

You might also like