कैलालीमा चरेससहित २ जना पक्राउ

कैलाली- कैलालीमा चरेससहित २ जना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट चरेससहित घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय अर्जुन बिक र गौरिगंगा नगरपालिका–७ की २६ वर्षीया निशा चौधरी पक्राउ परेका हुन् ।

बौनिया बजारमा सवारी चेक–जाँचको क्रममा से १ ख ११८८ नम्बरको बसमा सवार उनीहरुलाई शंकालागि चेकजाँच गर्दा निशाको साथबाट लागूऔषध (चरेश) बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

२० दश्मलव ५० ग्राम तौल भएको चरेससहित दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

You might also like