डडेल्धुराको बैजनाथ माविमा लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखिकरण

डडेल्धुरा-  डडेल्धुराको बैजनाथ मावि माैरडामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना तथा अभिमुखिकरण सम्पन्न भएको छ ।

तारागाउँ रिजेन्सी होटलस् लिमिटेटको प्रवद्र्धनमा किंग्स् युथ क्लबको आयोजना तथा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सहकार्यमा विद्यार्थीहरुलाई अभिमुखिकरण दिइएको हो ।

अभिमुखिकरण कार्यक्रमा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई पावर प्वाईन्ट प्रोजेक्टरको माध्यमद्वारा लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी दिइएको किंग्स् युथ क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए ।

You might also like