बैतडीमा १ करोड विद्युत महसुल उठाउन बाँकी

बैतडी- बैतडीमा समयमा विद्युत महसुल नबुझाएकाहरुबाट १ करोड विद्युत महसुल उठाउन बाँकी रहेको छ । समयमा विद्युत महसुल नबुझाउने ७ हजार २७८ ग्राहकबाट १ करोड ८ हजार ३९२ रुपैयाँ महसुल उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

विद्युत मिटर रिडिङ गरेको ६० दिनभित्र विद्युत महसुल बुझाइसक्नुपर्ने भएपनि ७ हजार २७८ ग्राहकले समयमा विद्युत महसुल नबुझाएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।

समयमा विद्युत महसुल नबुझाउनेको लाइन काट्ने कार्य शुरु गरिने पौडेलले बताए । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय नीति अनुसार बुधबारदेखि समयमा महसुल नबुझाउनको लाइन काट्ने कार्य शुरु हुने उनले बताए ।

 

You might also like