कैलालीमा डुबेर एक बालिकाको मृत्यु

कैलाली- पानीमा डुबेर कैलालीकी एक बालिकाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–१० आमखोईया बस्ने ८ वर्षया कल्पना रोकायको सोमवार मृत्यु भएको हो । घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन् ।

खोजतलास गर्दा सोमवार साँझ नै सोही खोलामा मृत अवस्थामा उनी फेला परेकी प्रहरीले जनाएको छ ।

You might also like