काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।
खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्याएको जानकारी दिए ।
प्रारम्भिक विवरण अनुसार धनमालको क्षति भएपनि हालसम्म मानवीय क्षतिको जानकारी छैन ।उनले तल्लो तटीय क्षेत्रमा सबैलाई खबर गरिसकिएको जानकारी दिए ।
उनले हिमताल फुटेको आशंका गरिएको भन्दै एकाएक ठुलो आवाजका साथ लेदोसहितको बाढी आएको बताए ।
घटनास्थल सोलुखुम्बु सदरमुकामबाट ३ दिन टाढाको दुरीमा पर्छ ।

