धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते

काठमाडौं- धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ००६ ख ६५१२ नम्बरको माइक्रो पहिरोमा परेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गतको धादिङको बांगेमोडमा माथिबाट पहिरोसँगै खसेको रुखले च्यापिएको छ । अहिले माइक्रो पहिरोबाट निकालिएको जनाइएको छ ।

गुडिरहेको माइक्रोमा एक्कासी पहिरो खसेको माइक्रोका चालकले जनाए । उनका अनुसार माइक्रोमा १५ जना यात्रु रहेका थिए ।

पहिरोमा परि यात्रुहरु केही यात्रु घाइते भए पनि अधिकांश यात्रुको अवस्था सामान्य नै रहेको पनि उनले जनाए ।

प्रहरीले पहिरोबाट माइक्रो निकालिसकेको छ भने दुईतर्फी नै अवरुद्ध रहेको पृथ्वीराजमार्ग केही बेरपछि खुल्ने जनाइएको छ ।

You might also like