नेताहरुको मृत्युको कामना गर्दैै अनुष्ठान आयोजना गर्न लागेका पुष्कर खतिवडा पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमा आफुलाई चर्चित ज्योतिष तथा धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ परेका छन् । उनलाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो ।

उनी एक धार्मिक अनुष्ठानमा सहभागी हुँदै गर्दा काठमाडौं प्रहरी परिसरखाट गएको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिपक थापाले खतिवडाले साइबर अपराध लागु हुने कसुर गरेकाले पक्राउ गरिएको बताए ।

उनले चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिनुपर्ने भन्दै एक भिडियो समेत पोष्ट गरेका थिए ।

You might also like