क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

२० श्रावण २०७९

क्यानडा पठाइदिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं
महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भएका ४७ वर्षीया
छिरिङ डोमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
छिरिङ डोमाले एक पुरूषलाई वर्किङ भिषामा क्यानडा जानको लागि १४ लाख
रुपैयाँ लाग्छ भन्दै क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाई दिने २ लाख
भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी नगद ७ लाख रुपैयाँ लिई
सम्पर्क विहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको
हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर
काठमाडौंमा पठाईएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.