बाघको छाला सहित चार जना पक्राउ

फाईल तस्विर

२० श्रावण २०७९

कैलाली गोदावरी नगरपालिका-२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट संरक्षित बन्यजन्तु
बाघको १ थान छाला र करिब २ किलोग्राम हड्डीहरू सहित चार जनालाई गएराति प्रहरीले
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-२ बस्ने समिर ओली, कैलाली चुरे
गाउपालिका-६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत र बैतडी डिलासैन
गाउँपालिका-२ बस्ने राजेन्द्र सिंह भण्डारी रहेका छन् ।
अवैध किसिमको बाघको छला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा
ईलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले बुडरबाट धनगढीतर्फ आउँदै
गरेको सु.प.प्र.०४-००१ च ०००६ नम्बरको बोलेरोलाई रोक्न खोज्दा नरोकेपछि समिर
ओलीले चलाएको उक्त बोलेरोको पिछा गर्दै जाँदा बोलेरोको सिटमा लुकाई ल्याएको उक्त
छाला र हड्डीहरू फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । समिरले बुडरबाट
बोलेरो जिप चलाई ल्याई फल्टुडेमा बाघको छाला र हड्डी सहित टेक बहादुर र धिरेन्द्रले
उक्त सवारी साधन प्रयोग गरी राजेन्द्र सिंह समेतको मिलेमतोमा अत्तरियातर्फ बिक्री गर्ने
उद्देश्यले उनीहरूले ओसारपसार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई जिल्ला वन कार्यालय कैलालीमा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी
कार्यालय कैलालीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.