२० श्रावण २०७९
नेपाल सरकार गृह मन्त्रालय द्धारा गरिएको कार्य सम्पादन मुल्यांकनमा डडेल्धुरा जिल्ला प्रशासन कुल ९५ प्रतिसत अंक प्राप्त गर्दै देश भरीको पाँचौ तथा सुदुर पश्चिममा पहिलो उत्कृष्ट जिल्ला प्रशासन कार्यालय भएको छ ।
कुल ६८ वटा सुचकहरुको मुल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारीमा मोहनराज जोशीले इमान्दारीतापूर्वक काम गर्दाको प्रतिफल प्राप्त भएको भन्दै ‘आगामी दिनमा पनि थप इमान्दारीतापूर्वक काम गर्दै जाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ भनेर संञ्चारकर्मि लाई बताए।
यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरमा सवोत्कृष्ट भएको छ। बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई देशैभरीका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।
You might also like