१९ श्रावण २०७९
गणेश बहादुर मगर
छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन्।भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि सार्वजनिक गरेको कोविड १९ सम्बन्धि विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ। मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा मात्र कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ।