१९ श्रावण २०७९
गणेश बहादुर मगर
डडेल्धुरा जिल्ला सदरमुकामको अस्पलताल रोड बाट हिजो बुधवार दिउसो देखि हराईरहेका डोटि को शिखर नगरपालिकाका २८ बर्षिय युवा चेत राज भट्ट आज हिउसो अमरगढी नगरपालिका वडा नं.८ को डकले क्षेत्रमा फेला परेका हुन । डोटि घर भएका उनि लामो समय देखी डडेल्धुरा अमरगढी नगरपालिका वडा नं.५ अस्पताल रोडमा बस्दै आएका थिए ।
उनि हिजो दिउसो एकाएक हराए पछि उनका आफन्त तथा साथिभाईहरुले युवक बेपत्ता भएकोले खोजि गरिदिन विभिन्न सामाजिक संञ्जालहरुमा अनुरोध गर्नुभएको थियो भने प्रहरी ले पनि खोजि कार्य लाई तिव्रता बनाएको थियो । आज दिउसो उनि भेटिए पछि उनका आफन्त तारा दत्त पन्त ले सामाजिक संञ्जाल मा हराएको युवक सकुसल फेला परेको कुरा जानकारी गराउदै सहयोगको लागी धन्यवाद भन्नुभएको छ ।