लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

१९ श्रावण २०७९

झापा, लागुऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-७ ठेगाना भएका २७
वर्षीया मनजिता सहनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०७५ माघ १६ गतेको फैसलाले लागुऔषध मुद्दामा २
वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी
कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित
गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा
पठाइएको छ ।

You might also like