१९ श्रावण २०७९
![](https://jhilkonews.com/wp-content/uploads/2022/08/image.jpeg)
१९ श्रावण २०७९
धादिङ, निलकण्ठ नगरपालिका-३ धादिङबेसी थोपल खोलास्थित सडकबाट बिस्कुट
आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको
नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई मंगलबार प्रहरीले
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका-४ बस्ने बेग बहादुर तामाङ र शोभा
तामाङ रहेका छन् । लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग.१ ज ६७५३ नम्बरको
गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा
सवार उनीहरूलाई उक्त पहेंलो धातु र अमेरिकी डलर जस्तो देखिने नोट सहित फेला पारी
पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले
बेग बहादुर तामाङको घर तालसी गर्दा घरमा लुकाई राखेको २ थान सेमि अटोमेटिक
पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड‚ १ थान कटुवा पेस्तोल र बिस्कुट
आकारको सुन जस्तो देखिने पहेंलो धातु ५ थान फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।