बैतडी- बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–०३ सकराका २४ वर्षीय राजेन्द्र सिंह साउँदको भारतमा मृत्यु भएको उनकी भाउजू अहिल्या ठकुराठीले बताइन् ।
भारतको हरियाणा राज्यको एक होटलमा काम गर्दै आएका साउँदको मंगलबार राति मृत्यु भएको परिवारले जनाएको छ । डिउटी सकेर कोठा जाँदैगर्दा बाटो काट्ने क्रममा साउँदलाई मोटरसाइकलले ठक्कर दिएको थियाे ।
घटनास्थलमै ज्यान गुमाएका साउँदको मृत्युले परिवार शोकमा डुबेको छ । मृतक साउँद घरका जेठा छोरा हुन भने उनका एक भाई, एक बहिनी र आमा घरमा छन् । मृतक साउँदका बुवापनि रोजगारिकै सिलसिलामा भारतमै रहेका छन् ।
मोटरसाइकलले ठक्कर दिने व्यक्तिको पहिचान भने हुन सकेको छैन ।