डडेल्धुरामा ४ दिने पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न

डडेल्धुरा- डडेल्धुरामा चारदिने पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जिल्ला सदरमुकामस्थित तुफान्डाँडामा आफ्नो एफएम डडेल्धुराको आयोजनामा सोमबारदेखि तालिम सुरु भएको थियो । उक्त तालिम आज बिहीवार सम्पन्न भएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा आफ्नो एफएम नेपालका संयोजक विजय मानन्धरले सञ्चार क्षेत्रमा काम गरिरहेका सञ्चारकर्मीको क्षमता विकास गर्न तालिमको आयोजना गर्न पाउँदा खुशी भएको बताए । उनले पत्रकारिताको माध्यमबाट समाज रूपान्तरण गर्नका लागि सबै प्रशिक्षार्थीहरुलाई आग्रह पनि गरे ।

तालिममा जम्मा १४ जनाको सहभागिता रहेको थियो भने ५ जना प्रशिक्षक ले प्रशिक्षण गरेका थिए ।

You might also like