पहिरोमा पुरिएर मृत्यु

बझाङको थलरामा पहिरो जाँदा २३ जना बेपत्ता, ढोगदिनामा सात घर पुरियो -  Himalaya Television

१६ श्रावण २०७९

पोखरा महानगरपालिका-६ डिहिगोपाटन पधेंरो डेरा गरी बस्ने माछापुच्छ्रे
गाउँपालिका-१ भुर्जुङखोला तातो पानी घर भएका २६ वर्षीय सन्तोष सुनारको पहिरोमा
पुरिएर गएराति मृत्यु भएको छ ।
उक्त स्थानमा पहिरो जाँदा लक्ष्मी खड्काको घरको कोठा भत्किएको भन्ने सूचना प्राप्त
हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल
कालिका गणबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा सन्तोष सुनारको शव फेला
पारेको हो । साथै पहिरोमा परी घाइते भएकी मृतकको दिदी २७ वर्षीया सुनिता सुनारलाई
उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.