लेनदेन विगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १६ श्रावण २०७९
लेनदेन विगो मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने मोरङ विराटनगर
महानगरपालिका-३ घर भएका ३२ वर्षीय विपिन पोखरेललाई आइतबार प्रहरीले पक्राउ
गरेको छ ।
जिल्ला अदालत मोरङ विराटनगरको २०७६ पुस २५ गतेको फैसलाले लेनदेन विगो
मुद्दामा २ वर्ष कैद र १० लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले
काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय विराटनगर मोरङ
बुझाइएको छ ।

You might also like