७ श्रावण २०७९
कैलाली, लम्कीचुहा नगरपालिका-२ मोतिपुरमा रोकी राखेको बा.२१ च २९०३ नम्बरको
बलेरो जिपमा क.१ प १५९८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएर शनिबार दिउँसो
दुर्घटना हुँदा मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका-१ बस्ने २९ वर्षीय लोकेन्द्र
जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै
मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते
भएका मोटरसाइकलमा सवार जुम्ला तातोपानी गाउँपालिका-१ बस्ने २५ वर्षीय अक्कल
कठायतको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । दुवै सवारी साधन र जिप
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।