३० जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

६ श्रावण २०७९
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी
कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी
प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा २६ औं समूह अन्तर्गत
उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
उक्त तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई
प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिम संगठनको आवश्यकता पूर्ति
गर्नका लागि मात्र नभई विपद्‍को समयमा नागरिकको धनजनको सुरक्षाको लागि समेत
उपलब्धीमूलक हुने उल्लेख गर्नुभयो । तालिमको अवधिमा सिकेका विभिन्न सीपलाई आफ्नो
कार्यक्षेत्रमा लागू गर्न सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार उहाँले व्यक्त गर्नुभयो

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले तालिम
सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव
निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी
हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान १५ जना गरी जम्मा ३०
जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

You might also like