डडेल्धुराको कोला समैजी मन्दिरमा चढाइयो १२५ किलोको दमाहा

डडेल्धुरा- डडेल्धुराको कोला समैजी मन्दिरमा १२५ किलोग्रामको दाइन (दमाहा) चढाइएको छ । अजयमेरु गाउँपालिका-१ स्थित ऐतिहासिक कोला समैजी मन्दिरमा ५ फिट ५ इन्च उचाइ र ४ फिट ६ इन्च चौडाइ भएको १२५ किलोको दमाहा समाजसेवी भक्तबहादुर भण्डारीले चढाएका हुन् ।

पुइलेकबाट उक्त दमाहाको पूजा गरी १२ गाउँका करिब ६८ जना सर्वसाधारणले बाजागाजासहित मन्दिर पुर्‍याएका थिए । सुदूरपश्चिममै पहिलोपटक ठुलो दमाहा कोला समैजीमा चढाइएको पूजारी देवराज भट्टले बताए ।

You might also like