कञ्चनपुर घर भएका सशस्त्र जवान बेपत्ता

कञ्चनपुर- कञ्चनपुरका एक सशस्त्र जवान बेपत्ता भएका छन् । जिल्लाको बेलौरी नगरपालिका-१० भुडा घर भएका सशस्त्र प्रहरीका जवान अन्दाजी ४० वर्षीय लोकराज पन्त बेपत्ता भएका हुन् ।

यही पुष १५ गते ड्युटीमा जान्छु भनी सशस्त्र प्रहरी सिराहा गणका लागि घरबाट हिँडेका उनी अहिलेसम्म त्यहाँ नपुगेको खबर पाएको उनका भतिजा सन्तोष पन्तले बताए । उनका अनुसार मानसिक स्वास्थ्य ठिक नरहेका लोकराज लामो समयदेखि घरमै थिए ।

अहिलेसम्म परिवार र कार्यरत ठाउँको सम्पर्कमा नआएकाले उनलाई कसैले देखे नजिकको प्रहरी वा ९७६२४८०७१७ र ९८४८७७७९१२ मा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ ।

You might also like