कैलालीमा ठूलो संख्यामा सुनचाँदीका गरगहनासहित २ जना पक्राउ

कैलाली- कैलालीमा सुनचाँदीका गरगहनासहित २ जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुरबाट सुनचाँदीका गरगहनासहित २ जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो बाजुराको बुढीगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशीलाई सुनचाँदीसहित पक्राउ गरिएको छ ।

टीकापुर नगरपालिका–१ गणेशपुर शिबिरस्थित २८ वर्षीया धर्मा जैसीको घरभित्र खाटमा कालो रंगको झोला राखेर बसिरहेको अवस्थामा झोला चेकजाँच गर्दा सुनचाँदी लगायतका गरगहना फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको छ।

You might also like