बैतडीका सुरेशको भारतमा मृत्यु

बैतडी- बैतडीका एक पुरुषको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको हिमाञ्चलमा रहेका शिवनाथ गाउँपालिका-१ स्वालका अन्दाजी ३७ वर्षीय सुरेशराम सुनीको मृत्यु भएको स्थानीय दशरथ चाडले बताए ।

उनका अनुसार सुनीको रुख काट्ने क्रममा उक्त रुखमुनि च्यापिएर बुधबार मृत्यु भएको हो । परिवारसहित ३ वर्षयता हिमाञ्चलमा बस्दै आएका मृतक सुनीका श्रीमती, तीन छोरी र दुई छोरा छन् ।

You might also like