३ श्रावण,२०७९
डडेल्धुरा
नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन करिव एक दशक पछि बागमती प्रदेशको राजधानि हेटौँडामा हुने भएको छ । महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौँडामा हुने भएको हो ।
युनियनको नयाँ नेतृत्वका लागि अध्यक्षमा संस्थापन पक्षबाट कोषाध्यक्ष सरोज अधिकारी र पूर्वउपाध्यक्ष अनिता विन्दु, कोईराला समूहबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्वमहासचिव शिव लम्साल लगायतले दावी गरेका छन् ।
यस्तै महासचिवमा युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरू दिलीप पौडेल र रमेश वाग्ले, काठमाडौंका पूर्वअध्यक्ष नकुल अर्याल, शिवराज योगी, विमल ज्ञवालीलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन्।
सचिवमा लोकेन्द्र भट्ट, खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, कालिका महत, मेनुका ढुंगाना, लालकुमार मोक्तान, विजय रेग्मी, राधा खनाल, एलपी देवकोटा, टीकाराम सुनार, सहदेव चौधरीलगायतले उम्मेदवार बन्ने घोषणा गरेका छन्।
यसैगरि वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, नीरज खतिवडा, जगत साउदलगायतका आकांक्षी रहेका छन्। उपाध्यक्षमा जनार्दन घिमिरे, सलोजा दाहाल, ऋषिकान्त पौडेल, दिलीपाश्री अधिकारी, कल्पना शर्मालगायत आकांक्षी छन्। उपमहासचिवतर्फ भुवन शर्मा, कमल पन्त र युवराज गौतम, सुलोचना गौतम, कुसुम विक (सेन्चुरी) लगायतले उम्मेद्वारी घोषणा गरेका छन्।