३ श्रावण,२०७९
भिमदत्त राजमार्ग अन्तर्गतको मुख्य बजारहरु मध्येको एक डोटीको जोरायल गाउँपालिका–२ बुडरको भट्टीखोलाबाट हिजो राति एक पल्सर बाइक चोरी भएको छ। डडेल्धुराको परशुराम नगरपालिका–११ का निर्माण व्यवसायी डम्बर भाटको बाइक सोमबार राति १२ बजेतिर चोरी भएको हो।
बुडर भड्डीखोला सुरपाल श्रृङ्गार पसल नजिकै पार्किङ गरेर राखेको गागी सु.प.प्र. ०१००८प ५४९९ नम्बरको १५० सीसीको बाइक चोरी भएको निर्माण व्यवसायि डम्बर भाटले जानकारी दिए।
इलाका प्रहरी कार्यालय, बुडरका प्रहरी नायब निरीक्षक (स.ई.) वसन्त खातिले चोरी भएको बाइकको खोजी कार्य जारी रहेको जानकारी दिए। कसलै उक्त नम्बरको बाइक देखेमा नजिकैको प्रहरी कार्यालय मा सम्पर्क गरिदिनु आग्रह गरिएको छ।