जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३ श्रावण,२०७९

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा
महानगरपालिका-१३ बस्ने पर्वत कुश्मा नगरपालिका-६ घर भएका २४ वर्षीय खिम बहादुर
बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका-५
लब्लीडाँडामा लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप
अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.