सुनका गहना तथा नगद चोरी गरेको अभियोगमा पक्राउ

३ श्रावण,२०७९

सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा
विराटनगर महानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट
असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा संलग्न उनलाई
१ थान मंगलसुत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान
तिलहरी तथा चाँदीको पाउजु र २ थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट
खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न
आएको छ ।
उनी उपर चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट
आवश्यक अनुसन्धान भइरहेको छ ।

You might also like