बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, ३२ असार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७
वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ
कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित
गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने
जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.