हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन कसूरका फरार व्यक्ति पक्राउ

काठमाडौं, ३० असार
सरंक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा वेचबिखन कसूरमा संलग्न रही
फरार रहेका झापा अर्जुनधारा नगरपालिका-३ खुदुनावारी बस्ने ईलाम झरनाचोक घर
भएका २५ वर्षीय रमेश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३ चक्रपथस्थित होटेल ओदानमा संरक्षित वन्यजन्तुको
आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको
आधारमा २०७८ फागुन २७ गते केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको
प्रहरीले १५ किलो ६८ ग्राम हात्तीको दाह्रा सहित ३ जनालाई पक्राउ गरी आवश्यक कानुनी
कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाएको थियो ।
अनुसन्धानको क्रममा सोही कसूरमा संलग्न रहेको खुल्न आई फरार रहेका रमेशलाई सोही
व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा
खुदुनावारीबाट पक्राउ गरेको हो ।
रमेशलाई समेत आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार
काठमाडौंमा पठाइएको छ ।

You might also like