काठमाडौं- जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गमा कार्यरत कैलाली घर भइ भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र जुम्ला घर भएका २२ वर्षीय मिथुन हमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका-१० नुवागाउँ नजिकै बुधबार राति जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४७११ नम्बरको जीप सडकबाट ७ सय मिटर तल खसेको उनले बताए ।