राष्ट्रपति पौडेलको शल्यक्रिया गरियो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको शल्याक्रिया सफलतापूर्वक सम्पन्न भएको निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिए ।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । उनको आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

You might also like